काठमाडौँ । ज्योतिषशास्त्रका अनुसार प्रत्येक व्यक्तिको राशिले उसको स्वभावलाई जनाउने गर्छ। कुनै व्यक्तिको गुण वा व्यवहार उसको राशिमा निकै हदसम्म निर्भर रहन्छ।
केही यस्ता राशिका व्यक्ति छन् जो आफ्नो सबन्धमा दोस्रो व्यक्तिको तुलनामा निकै निष्क्रिय हुने गर्छन्। यिनीहरु आफ्नो सम्बन्धमा बारेमा यतिधेरै निष्क्रिय हुन्छन् की सधैँ आफ्नो पार्टनरले छोड्ने डर मनमा राखिरहन्छन्। आज हामी तपाईलाई यस्ता ३ राशिका बारेमा जानकारी दिदैछौँ । जो आफ्नो पार्टनर प्रति निकै सकारात्मक हुने गर्छन्।
सम्बन्धका लागि निष्क्रियता निकै खतरनाक हुने गर्छ। आफ्नो पार्टनरका बारेमा एक प्रकारको चिन्ता लिदालिदै उनीहरुमा निराशावाद सुरु हुने गर्छन्।
आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि ?
वृष राशि
वृष राशिका व्यक्तिले आफ्नो सम्बन्धमा स्थिरता चाहने गर्छन। उनीहरु आफ्नो जीवनमा केही नराम्रो हुन्छ की भनेर डराउने गर्छन्। त्यसैले यिनीहरु आफ्नो सम्बन्धमा कुनै पनि समस्या नआओस् भनेर पूरै प्रयास गर्ने गर्छन्। त्यसैले वृष राशिका व्यक्ति निकै निष्क्रिय र आफ्नो पार्टनरका बारेमा चिन्ता गर्ने खाले हुन्छन्।
कन्या राशि
कन्या राशिका व्यक्तिले आफ्नो भावनालाई स्पष्ट रुपमा व्यक्त गर्न सक्दैनन्। आफ्नो साथीलाई केही समस्या आयो भने यिनीहरु खुलेर कुरा गर्न सक्दैनन्। कन्या राशिका व्यक्ति दोस्रोको तुलनामा निष्क्रिय हुने गर्छन्। तर यिनीहरु यसलाई कहिलै स्वीकार गर्दैनन्। तर यिनीहरु दोस्रो व्यक्तिको भावनाको कदर गर्छन्।
वृश्चिक राशि
वृश्चिक राशिका व्यक्तिले आफ्नो इच्छा अनुसार जे पनि गर्छन्। यो कुरा उनीहरुको सम्बन्धमा पनि देखिने गर्छ। यिनीहरु आफ्नो सम्बन्धलाई सफल बनाउनका लागि हर प्रयास गर्ने गर्छन्। किनकी यिनीहरु आफ्ना पार्टनरका बारेमा निकै चिन्तित हुने गर्छन्।
यिनीहरुले निकै चलाखीपूर्ण रुपमा आफ्नो सम्बन्धलाई बचाई राख्ने गर्छन् । तर यी राशिका व्यक्तिले आफ्नो व्यक्तिगत जीवनमा हस्तक्षेप गरेको मन पराउँदैनन्। यिनीहरु आफै सबै निर्णय लिन मन पराउछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
