काठमाडौँ । परम्परालाई धान्न र समाजमा असल शासन मार्फत राम्रा कुराहरको अनुसरण गर्न तथा नराम्रा कुराहरुलाई परिमार्जित गर्दै असल बन्नका लागी शास्त्रले मुख्य भुमीका निर्वाह गर्छ।
पहिले पहिले शास्त्रलाई नै मुख्य दिशा निर्देशकका रुपमा मान्ने गरिन्थ्यो। यद्यपी अहिले पनि शास्त्रको मूल्य र मान्यता पहिले जत्तिकै छ।
शास्त्रका अनुसार हामी साना साना नराम्रा कुराको सिकार बनेका हुन्छौ। जसले हामीलाई धनि बन्न दिदैन। थाहा पाउनुहोस् ति बानी र त्यसबाट बच्ने उपाय :
१) बाथरुम सफा राख्नुपर्छ। शास्त्रका अनुसार फोहोर बाथरुमले नोक्सान पुर्याउँछ। बाथरुम फोहोर गर्दा चन्द्रमाको स्थिति खराब हुन्छ जसले आर्थिक तनाब झेल्नुपर्छ । त्यसैले आफ्नो बाथरुम सधै सफा राखौ।
२) थालमा खाना नछोडनुहोस । शास्त्रका अनुसार थालमा खाना छोडनु हुँदैन। खाना खाइसकेपछि थाल सफा गर्नुपर्छ। यसो गर्दा लक्ष्मी माताको कृपा बन्छ र समृद्यि बढ्छ।
३) कहिले काँही हामीले घरको स सानो काम पनि ध्यान दिदैनौ। तर शास्त्रका अनुसार यो महत्वपूर्ण हुन्छ। यदि घरमा सधै आफ्नो बिस्तारा सफा गरेनौ भने घरमा दरिद्रि आउछ त्यसैले सधैँ बिस्तारा सफा गर्नु पर्छ।
४) शास्त्रकाअनुसार बिस्तारा सधै बिहानमा नै सफा गर्नुपर्छ। रातमा बिस्तारा सफा गर्दा घरमा नकरात्मक असर पर्छ।
५) घरको आसपास थुक्नाले दरिद्रता आउछ। शास्त्रका अनुसार आसपास थुक्नाले लक्ष्मी रिसाउछिन। त्यसैले बाटो वा घरको आसपास थुक्न हुदैन।
६) शास्त्रकानुसार सूर्यास्त पछि झाडु लगाउन हुदैन । यस्तो गर्नु असुभ मानिन्छ । शास्त्रका अनुसार सूर्यास्त पछाडि झाडु लगाउनुको मतलब आफ्नो खुसिलाई झाडु लगाउनु हो ।
७) आफ्नो घरको उत्तर दिशामा सकरात्मक चिज राख्नुहोस र यस दिशाको सरसफाइमा पनि बिशेष ध्यान दिनुहोस किनकि यस दिशामा कुबेरको घर हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
