निकै मेहनती र कम उमेरमै धनी बन्छन् यी राशिका व्यक्ति, तपाईको कुन ?

काठमाडौँ । कयौँ मानिस यस्ता हुन्छन्, जो धनवान बन्नका लागि कयौँ उपाय अपनाउछन्। तर पनि सफल हुँदैन। जबकी केही मानिस कम मेहनत मै अधिक सफलता हात पार्छन र धनवान हुन्छन्। जसको ठूलो कारण हुन्छ ग्रह र नक्षत्रको चाल।

सफलताको पछाडि मेहनत र योगदान हुन्छ। तर सफलताको मार्गमा ग्रह र नक्षत्रको पनि ठूलो भूमिका रहन्छ। केही मानिसको जन्म शुभ मुहूर्त अर्थात निकै राम्रो समयमा हुने गर्छ।

Advertisement

आज हामी तपाईलाई मेहनत र भाग्य दुबैका कारण कम उमेरमै धनवान बन्ने केही राशिका बारेमा जानकारी दिदैछौँ । आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि ?

१) वृष राशी

वृष धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ। यही भएर दोस्रो स्थानमा रहेको वृष राशी हुने मानिसले धन कमाउने योग बढी हुने गर्छ।

वृष राशीको गुरू शुक्र भएका कारण पनि यो राशी हुने मानिसहरू आकर्षक र महंगा सामान किन्न सौखिन हुन्छन्।

वृष राशी हुने मानिसहरू औसत वस्तुलाई त्यति मन पराउँदैनन्। शुक्र ग्रहलाई धन, विलासिता, तथा मोजमस्तीको सूचक पनि मानिन्छ।

यही कारण उनीहरू धन कमाउन निकै मेहेनत गर्ने र कमाउने अवसर खोज्ने गर्छन्। यो राशी हुने मानिसले परिश्रमको महत्व बुझ्नुका साथै मोजमस्ती पनि गर्छन्।

साथै वृष राशी हुनेहरू निकै जिद्दी गर्ने र आफूले चाहेको कुरालाई पाएर नै छोड्ने प्रयास गर्छन्।

२) वृश्चिक राशी

वृश्चिक राशी हुने व्यक्तिले भौतिक वस्तुप्रति बढी आशक्ति देखाउँछन्। महंगा सवारी साधन, महल, तथा वस्तुले यी मानिसलाई सधैं आकर्षित गरेका हुन्छन्।

वृश्चिक राशी हुने मानिसहरू कुशल व्यापारी हुन्छन्। जीवन तथा संसारलाई हेर्ने दृष्टिकोण पनि अरूको भन्दा फरक हुने गर्छ।

३) कर्कट राशी

कर्कट राशी हुने व्यत्तिहरू सधैं राम्रो अवसरको खोजीमा हुन्छन्। बढी भावुक हुने भएकाले आफन्त र परिवारलाई कसरी सुखी राख्ने भनेर सोचिरहेका हुन्छन्।

परिवारको इच्छालाई कसरी पूरा गर्ने भन्नेमा नै यी मानिसले बढी ध्यान दिएका हुन्छन्। यही गुणले गर्दा नै उनीहरू बढी मेहेनती हुने र आफ्नो सपनालाई पूरा गरेर छाड्छन्।

४) सिंह राशी

सिंह राशी हुने मानिसले आफूलाई अरूभन्दा फरक बनाउन खोज्छन्। अरू मानिसले आफूलाई ध्यान देऊन्, आफ्नो प्रशंसा गरून् र आफूलाई आदर्श मानून् भन्ने चाहना हुन्छ।

यही भएर आफूसँग भएको क्षमता र गुण प्रस्तुत गर्ने गर्छन्। नेतृत्व गर्ने विशेष क्षमता भएका यी मानिससँग ठूल्ठूला चाहना पनि हुन्छन्। महंगा सवारी साधनमा घुमफिर गर्न चाहने, महंगा मोबाइल प्रयोग गर्छन्।

आफ्नो व्यक्तित्वले अरूको ध्यान तान्न खोज्छन्। यस्ता गुण भएका कारण नै उनीहरू धन कमाउन लालायित हुने गर्छन् र कमाउँछन् पनि।

More News last news
Loading...