काठमाडौँ । सबै मानिस अलग अलग भाग्य लिएर जन्मिन्छन्। सबैका स्वभाव र भविष्य पनि अलग हु्ने गर्छ। ज्योतिषशास्त्रमा केही राशिलाई निकै भाग्यशाली मानिएको छ। यी राशिका व्यक्लिे हरेक काममा सजिलै सफलता प्राप्त गर्ने गर्छन्।
यी राशिका व्यक्ति जुन काममा हात हाल्छन् त्यो काममा सफलता प्राप्त गरेरै छोड्छन्। आउनुहोस् जानौँ ज्योतिषशास्त्रमा भाग्यशाली मानिएका ती राशिका बारेमा:
धनु राशि
ज्योतिषशास्त्रका अनुसार धनु राशिको स्वामी ग्रह गुरु हो। गुरुलाई वैभव र सम्पदाका कारक मानिने गरिन्छ। त्यसैले धनु राशिका व्यक्तिलाई निकै भाग्यशानी मानिने गरिन्छ।
मीन राशि
मीन राशिको स्वामी ग्रह गुरु र वरुण हो। भन्ने गरिन्छ यी राशिका व्यक्तिले आफ्नो स्वभावबाट सबैको दिलमा रा जगर्ने गर्छन्।
वृष राशि
वृष राशिका व्यक्तिमाथि सदैव गुरु देवको कृपा मिल्ने गर्छ। गुरु देवको कृपा मिल्ने भएका कारण यी राशिका व्यक्तिलाई सधैँ सफलता मिल्ने शास्त्रमा उल्लेख छ।
कर्कट राशि
ज्योतिष शास्त्रका अनुसार कर्कट राशिका व्यक्ति हर कोही काममा इमोशनल हुने गर्छन्। काममा राम्रो नतिजा पनि प्राप्त गर्छन्। कर्कट राशि भाग्यशाली राशि मध्ये एकमा पर्छ।
सिंह राशि
सिंह राशिका व्यक्तिले समझदारी र सुझबुझमा काम गर्ने गर्छन्। यिनीहरु आफ्नो विवेक र कौशलका लागि चिनिन्छन्।
तुला राशि
तुला राशि पनि भाग्यशाली राशिमध्ये एकमा पर्छ। यस राशिका व्यक्तिको भाग्य पनि बेला बेलामा खुल्ने गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
