आज मनकामना केबुलकार बन्द

काठमाडौँ । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने मनकामना केबुलकार सेवा आज (बिहीबार) बन्द हुने भएको छ। नियमित मर्मत सम्भारका लागि आज बिहीबार केबलकार बन्द भएको हो ।

नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रा.लि.ले यसअघि नै सूचना निकालेर जानकारी दिएको थियो। प्रा.लि.का अनुसार केबुलकार भोलि चैत्र १३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ।

Advertisement

लामो समय बन्द भई सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ।

कोरोना महामारीका कारण नौ महिना बन्द रहेको केबुलकार र मनकामना मन्दिर गत मङ्सिर २८ गतेदेखि सञ्चालनमा आएको हो।

केबुलकार बाहेक मोटरबाटो र पैदल हुँदै पनि दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्छन्।

More News last news
Loading...