‘तिमीलाई देख्दा मात्र’ मा नयन र निशाको यस्तो ‘रोमान्स’ (भिडियो)

काठमाडौं । गायक कृष्ण काफ्ले र गायिका मेलिना राईको स्वरमा रिलिज ‘तिमीलाई देख्दा मात्र’ बोलको गीतमा मोडल नयन डिसी र निशा लामाले दमदार अभिनय गरेका छन् ।

गीतकार प्रदिप सुवेदीको शब्दमा सार्बजनिक उक्त गीतमा डिसी र लामाको अभिनय लोभलाग्दो रहेको छ। गीतले माया गर्ने मायालु जोडीको प्रेम सम्बन्धलाई रोमान्टिक तरिकाले प्रस्तुत गर्न खोजिएको छ ।

Advertisement

पछिल्लो समय युवा पुस्तामाझ परिचित मोडल डिसीले यसअघि ‘फुर्के धागो’, ‘कुन गीत गाउँ’, ‘भाईरल भयो रे’, ‘तिम्रो रुपैले’, ‘चुईकम चपाउँदै’, ‘गजल गाइन्छ’ लगाएतका दर्जनौ गीतमा लोभलाग्दो अभिनय गरिसकेका छन् ।

एरोविक्स डान्सका गुरु समेत रहेका डिसीले विगत १० बर्षदेखि अभिनय सिकाउँदै समेत आएका छन् । सिन्धुली आसपासका लोभलाग्दा दृश्यहरु कैद गरिएको भिडियोलाई अमृत सुनारले निर्देशन गरेका हुन् भने पुरूषोत्तम न्यौपानेले संगीत दिएका हुन् ।

एरिना इन्टरटेण्डमेन्टले बजारमा ल्याएको गीतको म्युजिक भिडियोलाई हालसालै सार्बजनिक गरिएको हो ।

 

More News last news
Loading...