१ घण्टा आकासमै अड्कियो विमान, ल्याण्ड गर्ने ३ प्रयास विफल, रुन लागे यात्रु, त्यसपछि…

काठमाडौँ । जब यात्रुवाहक विमान ३ पटक ल्याण्ड गर्न नसकेर १ घण्टासम्म आकासमै घुमिरहेपछि विमानभित्रका यात्रुहरु त्रसित भएर रुन थाले।

पाइलटले ३ पटकसम्म विमान ल्याण्ड गराउन प्रयास गरे पनि सफल हुन सकेनन्। घटना भारतको हो। गुजरातको अहमदाबादबाट राजस्थानको जैसलमेरका लागि उडेको स्पाइसजेटको विमान प्राविधिक कारणले ३ पटकसम्म ल्याण्ड गर्न असफल भएपछि विमानका यात्रु त्रसित बने। कसैले भगवानको नाम लिन थाले भने कति रुन कराउन शुरु गरे।

Advertisement

भारतीय अनलाइन मिडिया अमर उजालाका अनुसार स्पाइसजेट एसजी ३०१२ को उडान शनिबार दिउँसो १२ बजेर ५ मिनेटमा अहमदाबादबाट उडेर करिब १ बजे जैसलमेर पुगेको थियो। पाइलटले ३ पटकसम्म विमान ल्याण्ड गराउने प्रयास गरे तर प्राविधिक कारणले ल्याण्ड हुन सकेन।

२ बजेसम्म ल्याण्ड गर्न नसकिएपछि अन्ततः पाइलटले विमान अहमदाबाद नै फर्काए र २ बजेर ४० मिनेटमा अहमदाबादमा सफल ल्याण्ड गराए।

करिब २ घण्टापछि उक्त विमान अहमदाबादबाट पुनः उड्यो र सवा ५ बजे जैसलमेर पुगेर सफलतापूर्वक ल्याण्ड भयो। सफलतापूर्वक विमान ल्याण्ड भएपछि यात्रुका विमानले शान्तिको स्वास लिए।

More News last news
Loading...