काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गरेका छन्।
आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न गरेका थिए।
सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही मान्छेले अदालतले भनेको पनि नसुन्ने गरेको आरोप लगाएका हुन्।
रावललाई जवाफ दिँदै ओलीले भने, ‘हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन। उनले उल्टै रावललाई प्रश्न गरे, मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो। अदालतले भनेको पनि नसुन्ने। देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने।’
सर्वोच्च अदालतले आइतबार आधिकारिक नेकपा ऋषि कट्टेलको हो भनेपछि साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
