अहमताको भावनाले भरिपूर्ण हुन्छन् यी राशिका व्यक्ति, बुध बलवान भए हुनुपर्छ होसियार

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार जुन व्यक्तिको नामको पहिलो अक्षर हि, हू, हे, हो, डा, डी, डू, डे, डो, है वे हुने गर्दछ ती व्यक्तिको राशि कर्कट हुने गर्दछ।

राशि चक्रको चौँथो राशि कर्कट हो। यस राशिको चिन्ह गंगटो हो भने स्वामी चन्द्रमा हो। जानिराखौँ ज्योतिषका अनुसार कर्कट राशि हुने व्यक्तिको स्वभाव ।

Advertisement

यस्तो हुन्छ कर्कट राशि हुने व्यक्तिको स्वभाव
१) कुण्डलीमा शनि बुध बलवान भएमा कर्कट राशिका व्यक्ति होसियार हुनु पर्दछ। शनि र शुक्र ग्रहले धन र सम्पत्ति हुने गर्दछन्।

२) एकाग्रता र धैर्यताको गुण यस्ता राशिका व्यक्तिमा हुने गर्दछ। मित्रतालाई जीवनभर निभाउन जान्ने हुने गर्दछन्।

३) जुन स्थानमा यस्ता व्यक्तिले काम गर्नेको इच्छा राख्दछन्, त्यही समस्या भोग्नु पर्ने हुन्छ।

४) कर्कट राशि हुने व्यक्तिको मुड बदल्न समय लाग्दैन्। स्मरण शक्ति निकै तिब्र हुने गर्दछ। यी व्यक्तिका लागि अतितको महत्व हुने गर्दछ।

५) यी राशिका व्यक्ति वुद्धिमान, जल मार्गमा यात्रा गर्न रुचाउने, सुगन्धित पदार्थ मन पराउने हुने गर्दछन्।

६) कर्कट राशिका व्यक्ति कल्पनाशील हुने गर्दछन्। शनि सूर्य ग्रहले व्यक्तिको मानसिक रुपलाई अस्थिर बनाउने गर्दछ। यस्ता व्यक्तिमा अहमको भावना हुने गर्दछ।

७) कर्कट राशि हुने व्यक्तिलाई बुध ग्रहले गणितको ज्ञान, शनिले लेखनको कला दिने गर्दछ। यस्ता व्यक्तिलाई कम्प्युटरका क्षेत्रमा सफलता मिल्ने गर्दछ।

More News last news
Loading...