छोरी, ज्वाँई र नातीसँग विदा भएर उपचारका लागि भारत उडे डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारको लागि आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।

उनी नेपाल बायुसेवा निगमको जहाजबाट भारत प्रस्थान गरेका हुन्। उनको पेटमा समस्या देखिएको छ। यसअघि काठमाडौँको निदान अस्पतालमा भट्टराईले उपचार गराएका थिए।

Advertisement

भारत उड्नुअघि डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोरी, ज्वाँई, नाति लगायतसंग विदावारी भएको तस्विर हालेका छन्।

More News last news
Loading...