काठमाडौँ । सरकारले आज कोभिड–१९ विरुद्धको खोपको १० लाख डोज ‘कोभिशिल्ड’ नेपाल ल्याउन लागेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दिउँसो साढे १ बजेको एयर इन्डिया दिल्ली-काठमाडौँको उडानमार्फत सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप नेपाल भित्रिन लागेको हो।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेअनुरुपको पहिलो चरणमा सो खोप आज ल्याउन लागेको हो।
खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
