जनप्रतिनिधिलाई फागुन २ देखि कोरोनाविरुद्धको खोप दिइने

काठमाडौँ । सरकारले अब कोरोना भाइरसविरुद्धको खोप लगाउने प्राथमिकतामा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारीलाई राखेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाएलगत्तै अर्को चरणको खोप कार्यक्रम फागुन २ देखि ८ गतेसम्म निर्धारण गरेको हो।

Advertisement

मन्त्रालयमा हिजो बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले फागुन २ बाट सर्वसाधारणलाई सेवा प्रवाह गर्न जिल्लास्थित सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई खोप दिने निर्णय गरेको छ।

पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, एम्बुलेन्स र शव बाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेविका, जिल्लास्थित पत्रकारलाई पनि त्यहि बेला खोप लगाइने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले बताए।

पत्रकार र कूटनीतिक कर्मचारीका लागि सोमबारदेखि सुरु भएको खोप लगाउने कार्यक्रम भोलीसम्म निर्धारण गरिएको छ। उनीहरुका लागि कति खोप खपत हुन्छ भन्ने यकिन नभएको मन्त्रालयले जनाएको छ।

फागुन ३ गतेबाट सरु हुने खोप कार्यक्रममा ३ लाखलाई खोप लगाउने सरकारको योजना छ। यसैबीच, सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ।

More News last news
Loading...