सबैभन्दा धेरै तनावमा हुने गर्छन् यी राशिका व्यक्ति, सोच्छन् आफ्नो भन्दा दोस्रोको बारेमा धेरै

काठमाडौँ । केही यस्ता व्यक्ति हुन्छन् जो सधैँ केही न केही कुरा लिएर तनावमा हुने गर्छन्। यस्ता व्यक्तिले दिमागले फैसला लिन जान्दैनन्।

यी कुराले सधैँ उनीहरुको सम्बन्ध प्रभावित हुने गर्छ। किनकी तनावका कारण अवस्था झन् बिग्रिने गर्छ। तनावले उनीहरुको पूरै जीवनमा असर पार्ने गर्छ।

Advertisement

आज हामी तपाईलाई यस्ता केही राशिका बारेमा जानकारी दिदैछौँ। जो सधैँ तनावमा हुने गर्छ। यिनीहरु आफ्नो बारेमा मात्र हैन धेरै दोस्रो व्यक्तिका बारेमा पनि सोच्ने भएका कारण तनाव लिन्छन्।

आउनुहोस् जानौँ कुन-कुन हुन् ती राशि ?

मिथुन राशि
मिथुन राशिका व्यक्ति हर कुरालाई लिएर तनावमा हुने गर्छन्। यिनीहरुलाई लागि सबैभन्दा धेरै तनावपूर्ण स्थिती तब आउँछ जब कसैले यिनीहरुलाई कुनै निर्णय लिन भन्छ।

यिनीहरु विहान कपडा छान्ने फैसला गर्न सक्छन्। तर अन्य निर्णय लिने काममा भने तनावग्रस्त हुने गर्छन्। यिनीहरुको राम्रो पक्ष के छ भने यिनीहरु तबसम्म तनावमा हुन्छन् जबसम्म कुनै कुराको हल भेट्टाउँदैनन्। गर्न लागेका काम पूरा नहुँदासम्म यिनीहरुले हार मान्दैनन्।

कर्कट राशि
कर्कट राशिका व्यक्तिको तनाव तब बाहिर निस्किन्छ, जब यिनीहरु दोस्रो व्यक्तिका बारेमा सोच्ने गर्छन्। यिनीहरु ती व्यक्तिलाई सहयोग गर्छन्।

जसलाई यिनीहरु राम्रो साथी तथा प्रिय व्यक्ति सम्झन्छन्। यिनीहरु आफ्नो परिवारका तथा प्रियजन व्यक्तिले आफूलाई अभिन्न अंग मान्छन् वा मान्दैनन् भन्ने बारेमा सधैँ सोचमग्न हुने गर्छन्।

कन्या राशि
यी राशिका व्यक्तिमा तनाव अन्तरमनबाट आउने गर्छ। यिनीहरु मानसिक, शारीरिक र भावनात्मक रुपमा सबैलाई लिएर अगाडि कसरी बढ्ने भन्नेमा यिनीहरु चिन्तित हुने गर्छन्। यी राशिका व्यक्ति जसले राम्रो देखभाल गर्छन्, उनीहरुकै प्रिय पार्टनर बन्ने गर्छन्।

कुम्भ राशि
कुम्भ राशिका व्यक्ति तनाव दिमागमा हावी नहोओस् भन्ने बारेमा सोच्छन्। तर यिनीहरुलाई केही फरक पर्दैन् की आफू कति मेहनती छु। यिनीहरुको तनावको कारण कुनै पनि चीज हुनसक्छ। यिनीहरु तनावबाट छुटकारा पाउन माहिर पनि हुने गर्छन्।

तर पनि कहिले काही यिनीहरुले तनावलाई कन्ट्रोल गर्न सक्दैनन्। तनावका कारण दिमागमा असर गर्छ र तनावलाई कसरी नियन्त्रण गर्ने भनेर सोच्दैमा मात्रै पनि यिनीहरु चिन्तित बन्ने गर्छन्।

More News last news
Loading...