काठमाडौँ । अक्सर तटस्थ देखिने गृहमन्त्री रामबहादुर थापा बादललाई गत पुस ५ गतेपछि केपी शर्मा ओली या प्रचण्डमध्ये कसको कित्ता लिने हो भन्ने स्पष्ट हुनैपर्ने बाध्यता आइलाग्यो।
उन त उनी प्रचण्डसँग असहमति हुँदा वामदेव गौतम झैं तटस्थ बस्न सक्थे। तर छँदाछँदैको गृहमन्त्री छाड्नुभन्दा ओलीतिरै लाग्नु उपयुक्त देखे सायद, पुस ९ मा ओली क्याम्पमा उभिन बालुवाटार पुगे। थापाले गरेको भाषण र उभिएको मञ्चको तालमेल मिलेको थिएन।
उनले क्रान्ति, अग्रगमन, आन्दोलनका कुरा गर्थे र घुमाइफिराइ ओली नेतृत्वको नेकपामात्रै अग्रगामी भएको निचोड सुनाउँथे।
थापाको यही अलमल देखेर एकपटक प्रचण्डले भनेका थिए–उहाँ त्यता उभिनु भएको छ, भाषण हाम्रो गर्नुहुन्छ।’ त्यससता कयौँ मञ्चमा थापाले ओलीको अभिव्यक्ति दिन्छन् कि प्रचण्डको, छुट्याउनै मुस्किल हुने गरेको छ।
शुक्रबारको जनसभामा ओलीपछिको दोस्रो वरियता पाउने चर्चामा रहेका बादलले सत्ताधारीकै मञ्चबाट तेस्रो जनआन्दोलन सुरु भएको उद्घोष गरिरहँदा आफू गृहमन्त्री हुँ भन्ने चटक्कै बिर्सिए। आजको कान्तिपुर दैनिकमा खबर छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
