पहिलो नजरमै दिन्छन् यी ५ राशिका व्यक्तिले अरुलाई दिल, हुन्छन् छिट्टै प्रेममा फिदा

काठमाडौँ । तपाईंले धेरै मानिसले पहिलो नजरमै माया बस्यो भन्ने सुन्नुभएको होला । वास्तममा कतिपयको प्रेम जादुमयी तरिकाले पर्ने गर्छ र अन्जान मानिसहरू पछि छिट्टै प्रेममा एकाकार हुन्छन्।

कसरी यति छिटो मानिसहरू एकअर्कामा आकर्षित हुन्छन् भन्ने विषयमा असली कारण भने अर्कै छ । वास्तविक रूपमा प्रेमको तार तपाईंको राशिसँग जोडिएको हुन्छ।

Advertisement

त्यसैले यी पाँचवटा राशि भएका मानिसहरू अरूको तुलनामा छिट्टै प्रेममा पर्छन् । उनीहरूको प्रेमको आकर्षण अरूको तुलनामा बढी हुन्छ।

मीन राशि भएका रोमान्टिक
मीन राशि भएका मानिसहरू अत्यन्तै रोमान्टिक हुन्छन् । उनीहरूको प्रेमको रमाइलो जीवन अक्सर सीमाको बन्धनबाट मुक्त हुन्छ । उनीहरूले हरेकलाई असल नजरले हेर्छन्।

यो राशि भएका मानिसको संगतमा पर्नेहरू छिट्टै नजिकिन्छन्। वास्तममा संसारलाई उनीहरू रंगीन चस्माले हेर्छन् । उनीहरू सजिलै प्रेममा डुब्छन् ।

मेष राशिका मानिसहरू प्रेममा धैर्य गर्दैनन्
मीन राशिका मानिसहरू जस्तै मेष राशिका मानिसहरू पनि सजिलै प्रेममा डुब्छन्। उनीहरू प्रेममा धैर्य राख्न सक्दैनन्।

किनकि यो राशिमा मानिसहरू स्वभावले आक्रामक र छिट्टै निर्णय लिने खालका हुन्छन् । यो राशिका मानिसहरूले कहीँ कसैलाई पनि प्रेम प्रस्ताव राखिदिन सक्छन्।

कर्कट राशि भएका मानिस प्रेममा पार्न खप्पिस
कर्कट राशि भएका मानिसहरू कसैलाई पनि सजिलै मनाउन सक्षम हुन्छन् । त्यसकारण उनीहरू कसैको प्रेममा छिट्टै डुबिदिन्छन् र कसैले मानेन भने फकाउने भरसक कोसिस गर्छन्। यो राशिका मानिसहरूमा ‘आइडिया अफ लभ’ हुन्छ र उनीहरूको त्यो प्रेमको तरिकामा छिट्टै मोहित भइदिन्छन्।

सिंह राशि भएकाले लिन्छन छिटो निर्णय
सिंह राशि भएका मानिसहरूको दमदार व्यक्तित्व हुन्छ। यो राशिका मानिसमा कुनै पनि विषयको जबर्जस्त ‘प्यासन’ हुन्छ । यो राशिका मानिसमा विश्वासको स्तर पनि बढी हुन्छ । त्यस कारण उनीहरू प्रेमको मामलामा पनि सीमाको कम ख्याल गर्छन् र छिट्टै निर्णय लिन्छन्।

वृश्चिक राशिका मानिसले प्रेममा ढिलाइ गर्दैनन्
वृश्चिक राशिका मानिसहरूमा प्रेमप्रति जबर्जस्त आकर्षण हुन्छ। ‘प्यासन’ का कारण उनीहरू कसैलाई देखेमा सजिलै प्रेममा पर्छन् । यो राशिका मानिसहरू कसैलाई आफ्नो प्रेमको बारेमा छिट्टै भनिहाल्छन् । यही कारण उनीहरू छिट्टै प्रेमको चक्करमा पर्छन्।

More News last news
Loading...