कुवेतमा एक नेपालीको मृत्यु

हरि कृष्ण न्यौपाने

क्होलासोथार, सिङ्दी । रोजगारीको शिलशिलामा कुवेतमा रहेका लम्जुङका ३४ वर्षीय लाल बहादुर गुरुङको मृत्यु भएको छ।

Advertisement

जण्डिस रोगले ग्रस्त लालबहादुरको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा गत जनवरी ३१ तारिख आइतबारका दिन मृत्यु भएको हो।

नेपाली राजदुतावास कुवेतका दिद्धिय सचिव श्रीकृष्ण सिलवालले भने – “अल सारी नेशनल जनरल ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीमा ११ बर्षदेखि कार्यरत गुरुङको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। मृतक कानुनी हैसियतमै रहे पनि उनलाई यात्रा प्रतिबन्ध रहेको र दुताबासको सहयोगमा घर फर्काउन यात्रा प्रतिबन्ध फुकुवा गरे पनि फर्काउन सकिएन।” कम्पनी र मृतकका परिवारसँग समन्वय गरि आवश्यक कानुनी प्रकृया पूरा गर्नेतर्फ दुतावास लागि सकेको छ, सिलवालले थपे ।

More News last news
Loading...