काठमाडौँ । वास्तु शास्त्रको नियम अनुसार सहि दिशामा निर्माण भएको किचन (भान्सा कोठा)ले राम्रो स्वस्थ्य र सुमधुर सम्बन्ध प्रदान गर्दछ।
जसमा महत्त्वपूर्ण विषय रहनेछ किचनको दिशा र ग्यासको पोजिसन। वास्तुअनुसार किचन निर्माण गर्दा दुई ओटा कुरालाई विशेष ख्याल गरि निर्माण गर्नु पर्दछ।
पहिलो हावाको दिशा र दोस्रो ग्यासको पोजिसन। खाना बनाउने समयमा आगोबाट कार्बन मनोअक्साईड नामक ग्यास निस्किरहेको हुन्छ, जुन रंगहिन र गन्धहिन ग्यास खाना खाने र पकाउने दुवैको शरीरमा जानू हुँदैन। यही कुरालाई ख्याल गरेर किचनको निर्माण गर्नुपर्दछ।
-यदि तपाईंको घरमा उत्तर या उत्तर पूर्व दिशामा किचन छ भने विशेषगरी मान प्रतिष्ठा बढुवा तथा आर्थिक समस्या सदैव भइरहने हुन्छ।
-यदि दक्षिण-दिशामा बनाइएको किचन छ भने बिमारी तथा स्वस्थ्यमा समस्या भइरहने हुन्छ, विशेषगरी महिला वर्गमा यस्तो समस्या देखापर्दछ, किनकि दक्षिण दिशालाई शुक्र ग्रहले कन्ट्रोल गरिरहेको हुन्छ र शुक्र ग्रह स्त्री कारक ग्रह भएकाले महिला वर्गमा यस्तो समस्या देखापर्दछ।
– दक्षिण-पश्चिम (नैरित्य कोण) दिशा पारिवारिक सम्बन्धको दिशा भएकाले यदि उक्त दिशामा बनाइएको किचनको प्रभावले विशेषगरी श्रीमान् श्रीमती तथा पारिवारिक सम्बन्ध सुमधुर नहुनुका साथै अन्य सदस्यहरुसँगको सम्बन्ध पनि कमजोर हुने गर्दछ।
– घरको उत्तर-पश्चिम (वायव्य कोणमा) बनाइएको किचनका कारणले आर्थिक समस्याका साथै खाना धेरैभएर दैनिक फाल्नुपर्ने अवस्था आउने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
