काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले विष्णु पौडेललाई महासचिवबाट हटाएको छ। आज बसेको केन्द्रीय समिति बैठकले पौडेललाई महासचिवबाट हटाएको हो।
यसअघि केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउन गरेको स्थायी कमिटीको निर्णयलाई पनि केन्द्रीय कमिटी बैठकले पारित गरेको छ। ११ माघमा बसेको स्थायी कमिटी बैठकले ओलीलाई हटाउने निर्णय गरेको थियो।
पौडेललाई महासचिवबाट हटाएर कुनै एक नेतालाई बनाएर निर्वाचन आयोगमा जाने दाहाल-नेपाल पक्षको तयारी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
