बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन् : महान्यायाधिवक्ता

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि चुनावमा जान लागिएको स्पष्ट गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको सोमवारको बहसमा उहाँले संविधानमा यो विषय पनि हेर्न इजलासलाई आग्रह गरे ।

Advertisement

प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि चौधौँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै सरकारका प्रमुख कानुनी सल्लाहकार खरेलले प्रधानमन्त्रीसँग बहुमत भएकाले पाँच वर्षको कार्यकाल भए पनि चुनावमा जान सक्ने तर्क राखे ।

विघटनविरुद्ध कुनै पनि राजनीतिक दलबाट निवेदन नहालिएको जनाउँदै उनले यस सम्बन्धमा संविधानका सबै धारा हेरि अदालतले व्याख्या गर्नुपर्ने माग गरे ।

वर्तमान प्रधानमन्त्री सबैले स्वीकारेको प्रधानमन्त्री भएको जनाउँदै उनले ठूलो पार्टीको हैसियतले अन्य देशमा पनि भएको चलनअनुसार सरकार प्रमुखले प्रतिनिधि सभा विघटन गर्न पाउने जिकिर गरे ।

रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि सोमवारदेखि सरकारी पक्षबाट बहस सुरु भएको हो । अहिले बहस चलिरहेको छ।

More News last news
Loading...