कहिलै पनि पैसाको अभाव नहोओस् भन्ने चाहनुहुन्छ ? राशि अनुसार पर्समा राख्नुहोस् यस्तो सिक्का

सबैको पर्स वा पकेटमा सिक्का त हुने नै गर्छन। चाहे त्यो एकको होओस् वा दुई को नै किन नहोओस्। आज हामी केही यस्ता सिक्काका बारेमा जानकारी दिदैछौँ। जसलाई पर्समा राख्दा सधैँ लक्ष्मी माताको कृपा प्राप्त हुने गर्दछ।

एक सिक्का जो कुनै पनि राशिका लागि निकै शुभ मानिने गरिन्छ। जसलाई पर्समा राख्दा तपाईको पर्स कहिलै खाली हुँदैन् अर्थात आर्थिक संकट हटेर जान्छ।

Advertisement

हरेक राशिका लागि फरक फरक धातुको सिक्का शुभ मानिने गरिन्छ। र त्यसलाई पर्समा राख्दा सधैँ लक्ष्मी माताको कृपा प्राप्त हुने गर्दछ।

आउनुहोस् जानौँ कुन राशिका लागि कुन धातुको सिक्का शुभ ?

मेष राशि
मेष राशिका व्यक्तिलाई तामाको सिक्का पर्समा राख्दा शुभ मानिने गरिन्छ।

वृष राशि
वृष राशिका व्यक्तिलाई चाँदीको सिक्का पर्समा राख्दा सधैँ लक्ष्मी माताको कृपा बनिरहन्छ।

मिथुन राशि
मिथुन राशिका व्यक्तिले काँचको सिक्का पर्समा राख्दा शुभ मानिने गरिन्छ।

कर्कट राशि
कर्कट राशिका व्यक्तिले पर्समा चाँदीको सिक्का राख्नु शुभ मानिने गरिन्छ। यसो गर्दा सधैँ लक्ष्मी माताको कृपा प्राप्त हुने ज्योतिष शास्त्रमा उल्लेख छ।

सिंह राशि
सिंह राशिका व्यक्तिले पर्समा पहेँलो रंगको सिक्का अथवा सुन वा पितल मध्ये कुनै एक धातुबाट बनेको सिक्का पर्समा बोक्दा लाभ प्राप्त हुने गर्दछ।

कन्या राशि
कन्या राशिका व्यक्तिले पर्समा चाँदीको सिक्का राख्नु शुभ मानिन्छ।

तुला राशि
तुला राशि हुने व्यक्तिले पर्समा चाँदीको सिक्का राख्नु शुभ मानिने गरिन्छ। यसो गर्दा लक्ष्मी माताको कृपा सधैँ रहिरहन्छ।

वृश्चिक राशि
वृश्चिक राशि हुने व्यक्तिले सधैँ पर्समा तामाको सिक्का राख्नु शुभ मानिने गरिन्छ।

धनु राशि
धनु राशि हुने व्यक्तिले पर्समा पितलको सिक्का राख्नु लाभदायक मानिने गर्दछ।

मकर राशि
मकर राशि हुने व्यक्तिले पर्समा सधैँ फलामको सिक्का राख्नु शुभ मानिने गरिन्छ।

कुम्भ राशि
कुम्भ राशि हुनेहरुले पर्समा काँचको सिक्का राख्नु निकै शुभ मानिने गरिन्छ।

मीन राशि
मीन राशि हुने व्यक्तिले पर्समा सुन वा पितलको सिक्का राख्नु निकै लाभदायिक मानिने गरिन्छ।

More News last news
Loading...