घर अगाडि भुलेर पनि नराख्नुहोस् यी १२ चीज, नत्र कहिलै हुँदैन प्रगति

काठमाडौँ । वास्तुशास्त्र अनुसार घरभित्र मात्र होइन घर बाहिरका सामाग्रीले समेत वास्तु दोष उत्पन्न गराउँछन्। यस्ता वास्तुदोष उत्पन्न गराउन घर आसपासमा भएका वस्तु कारक रहने गर्दछन्।

यस्ता वास्तुदोषले शारीरिक, आर्थिक समस्या र पारिवारिक जीवनमा मनमुटाव निम्त्याउने गर्दछ। कतिपय अवस्थामा वास्तुदोषले मानसिक समस्या समेत निम्त्याउँछ। तसर्थ वास्तुशास्त्र अनुसार १० वस्तु घर आसपासमा हुनु हुँदैन।

Advertisement

१) घर अगाडी फोहोर पानी जम्ने स्थान रहनु हुँदैन। अन्यथा वास्तुदोष उत्पन्न हुने गर्दछ।

२) अझ पानी जम्ने भाग पश्चिम दिशातर्फ भए धनको हानी हुने तथा बदनामी हुने गर्दछ।

३) काडेँदार बिरुवा घर अगाडी भए तपाईंका विरोधीको संख्या बढ्ने गर्दछ।

४) यी बिरुवा भए पारिवारिक जीवनमा मतभेद बढ्ने र स्वास्थ्यमा हानी पुग्दछ।

५) घर अगाडी लामो समयसम्म ढुगां जम्मा पारेर राख्दा पनि वास्तु दोष हुने गर्दछ।

६) वास्तु विज्ञान अनुसार यसले जीवनमा हुने प्रगती रोक्दछ।

७) घर अघि डस्टबिन हुनु समेत वास्तु विज्ञान अनुसार कष्टकारी हुन्छ।

८) घरको मुख्यद्धारको सामुन्नेमा बिजुलीको खम्बा हुनु पनि उन्नतिको बाधक मानिन्छ।

९) घर अगाडी बाक्लो रुखहरु हुनु समेत वास्तु दोषको कारक मानिन्छ।

१०) घर अघि बेलको रुख हुनु अझ उक्त रुखले घरको उचाई नाघ्नु हानिकारक मानिन्छ।

११) वास्तुविज्ञान अनुसार घरको दलानभन्दा सडक अग्लो हुनु समेत कष्टकारी मानिन्छ।

१२) वास्तुविज्ञान अनुसार घर अघि सेतो चोप निस्कने रुख हुनु समेत हानिकारक मानिन्छ।

More News last news
Loading...