संसद् विघटनविरुद्ध काठमाडौँमा आज काँग्रेसले विरोध सभा गर्दै

सिटौला, पौडेल र थापाले सम्बोधन गर्ने

काठमाडौँ । प्रतिनिधि सभा विघटनका विरुद्धमा नेपाली काँग्रेसले आज काठमाडौँमा विरोध सभाको आयोजना गरेको छ।

नेपाली काँग्रेस क्षेत्र नम्बर–६ काठमाडौँले सहिद दिवस समेत पारेर आज लोकतन्त्रको पक्षमा कार्यक्रमको आयोजना गरेको हो।

Advertisement

शहीदहरुको बलिदानीले ल्याएको लोकतन्त्र मास्ने षड्यन्त्र भएकाले सहिदहरुको स्मरण गर्दै लोकतन्त्र जोगाउने अभियानमा सहभागी हुन काँग्रेस नेताहरुले सबैलाई आह्वान गरेका छन्।

प्रतिनिधिसभाको विघटन गरेर प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र र संविधान मास्न लागेको काँग्रेस नेताहरुको ठहर छ ।

लोकतन्त्र र संविधान जोगाउने अभियानका लागि आयोजित कार्यक्रममा लोकतन्त्र र संविधान ल्याउन अग्रणी भूमिका खेलेका नेताहरु कृष्णप्रसाद सिटौला, गगनकुमार थापा, प्रदीप पौडेल लगायतका नेताहरुले सम्वोधन गर्ने आयोजकले जनाएका छन् ।

More News last news
Loading...