धनकी देवी लक्ष्मीले बताएका ती पाँच प्रकारका व्यक्ति, जसको घरमा टिक्दैन धन

काठमाडौँ । हिन्दू शास्त्र अनुसार समुन्द्र मन्थन भन्दा पहिला स्वर्गका देवताहरु निर्धन भएका थिए। देवराज इन्द्रले लक्ष्मीको स्तुति गरेपछि धनकी देवी लक्ष्मी खुशी भएर इन्द्रलाई द्धादशाक्षर मन्त्र दिनको तीनपल्ट पाठ गर्न सुझाएका थिए।

विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीको स्तुति गरेका थिए। देवराज इन्द्रको अनुरोधमा देवी लक्ष्मीले मनुष्यमाथि कृपा गर्ने तर यी पाँच चीज घरमा भएमा धनको नोक्शान हुने बताएकी थिइन्।

Advertisement

थाहापाउनुस् धनकी देवी लक्ष्मीले बताएका ती पाँच प्रकारका व्यक्ति जसको घरमा धनको बास रहन सक्दैन्।

काम भावनाः जुन घरमा स्त्री पुरुष अत्याधिक कामवासनामा लिप्त रहन्छन् त्यो घरमा धर्मको उपेक्षा हुने गर्छ । त्यस्तो घरमा लक्ष्मीको लामोसमयसम्म बास रहन सक्दैन्।

अहंकारः जुन घरका मानिस अहंकार गरेर बस्छन् त्यहाँ अज्ञानता र क्रोध बढ्ने गर्छ । यस्ता घरमा पनि लक्ष्मीको बास हुनसक्दैन ।

लोभः लोभ लालचमा लिप्त भएको व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुन सक्दैन। शास्त्रमा ‘लोभस्य पाप कारणम्’ भनि उल्लेख पाइन्छ।

हिंसाः जुन घरमा धेरै मासु,माछा को प्रयोग हुन्छ त्यहाँ पनि लक्ष्मीको बास हुन सक्दैन। स्त्रीको अपमानःस्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने कथन छ।

स्त्रीको अपमानः स्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने कथन छ।

More News last news
Loading...