सबै भन्दा बुद्धिमान हुन्छन् यी ५ राशि, बेवकूफ बनाउन लगभग असम्भव !

काठमाडौँ । ज्योतिष शास्त्र अनुसार व्यक्ति जन्मदाको समयमा ग्रह-नक्षत्रको गोचरले सम्बन्धित व्यक्तिको जीवनमा ठुलो प्रभाव पार्दछ। खासगरी उसको जन्म राशिसँग सम्बन्धित ग्रहले उसको जीवनको दशा-दिशा निर्धारित गर्दछ। ग्रहहरुका प्रभावले नै ऊसँग सम्बन्धित राशिका जातकका स्वभाव, व्यवहार र गुणहरुका निर्धारण हुन्छ, यस्तोमा जन्म राशिबाट सजिलै मानिसहरुका गुण-दोष पत्ता लगाउन सकिन्छ। आज हामी यसै आधारमा सबै भन्दा बुद्धिमान राशिको बारेमा बताउन गईरहेका छौं।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
ज्योतिष विद्या अनुसार वृश्चिक राशिका जातक दिमागको मामिलामा सबैको गुरु हुन्छन्, ज्योतिषाचार्यका अनुसार यस राशिका मानिसहरुका दिमाग घोडाको चाल सरह तीव्र गतिमा चल्छ। त्यस्तै यी राशिका व्यक्तिहरुमा बुद्धिमत्ताको स्तर पनि धेरै उच्च हुन्छ, यस्तोमा उनीहरुलाई ‘मूर्ख र बेबकुफ’ बनाउन लगभग असम्भव हुन्छ।

Advertisement

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिका मानिसहरुका सबैभन्दा ठुलो विशेषता भनेकै उनीहरुका बुद्धिमत्ता हो। वास्तवमा कन्या राशिका स्वामी ग्रह बुध हो जसलाई बुद्धिको देवता मानिन्छ। कन्या राशिका जातक पढाई-लेखाईमा तेज हुन्छन् र उनीहरु शिक्षा जगत र गहन अध्ययनको क्षेत्रमा राम्रो काम गर्छन्।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिका जातक बुद्धिमत्ताको क्रममा दोस्रो स्थानमा आउँछ। ज्योतिषहरुका अनुसार यस राशिका मानिसहरुका ‘आँखा-कान सधैँ नै खुल्ला रहन्छ’‘ यानि कि उनीहरु सधैँ सतर्क र सचेत रहन्छन् र हर पल केही नयाँ गर्ने बारे सोच्छन्। उनीहरुका सोचाइमा उत्साह हुन्छ र सकारात्मक निर्णयसँगै अगाडी बढ्छन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिका जातक पनि चतुर्‍याईको मामिलामा कम हुँदैनन्। साहसको साथ उनीहरुमा निर्णय लिने क्षमता गज्जबको हुन्छ। उनीहरुमा सिंह जस्तो चपलता र बहादुरी त हुने भई नै हाल्यो, साथै उनीहरुसँग आस-पासका चिजहरुको अवलोकन गर्ने राम्रो क्षमता हुन्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विशेषत: मकर राशिका जातक आफ्नो ‘मेहनत र लगनशीलता’ को लागि चिनिन्छन्। र उनीहरु मेहनतको साथै आफ्नो दिमागलाई व्यवस्थित तवरले उपयोग गर्न पनि जान्दछन्।

 

More News last news
Loading...