काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोप्य भेटवार्ता गरेका छन्।
शुक्रबार अपराह्न उनीहरु तीनैजनाबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको हो।
प्रतिनिधिसभा विघटनविरुद्ध काठमाढौँमा आयोजित विरोध सभालाई सम्बोधन गरे लगत्तै दाहाल उपराष्ट्रपति भवन लैनचौर पुगेका थिए भने भट्टराई त्यही समय पारेर लैनचौर पुगेको स्रोतले जनाएको हो।
प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जानुपर्ने बताइरहेका दाहाल र भट्टराई एकैपटक उपराष्ट्रपतिसँग भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
सत्तारुढ दल नेकपा दुई गुटमा स्पष्ट रुपमा विभाजन भइसकेको बेला पूर्व माओवादीका शीर्ष नेताहरुबीचको भेटमा के कुराकानी भयो यसबारे केही खुलाइएको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
