रुकुम पश्चिम । आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा सोमबार बेलुकीदेखि नेकपाको दाहाल-नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भइरहेको छ।
बिहानदेखि पटकपटक झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको छ भने १ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीको टोली आठबीसकोट गइरहेको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको जानकारी दिए।सोमबार बेलुकी ८ बजेबाट दुवै पक्षका कार्यकर्ताबीच विवाद भएपछि विवाद समाधान गरिए पनि मंगलबार बिहानैदेखि पुनःझडप भएको डीएसपी श्रेष्ठले बताए।
नेकपाका ८–१० जना र नेपाली कांग्रेसका १०–१५ जना जम्मा भएर विवाद भइरहेको थाहा पाएपछि सोमबार नै उनीहरुलाई तितरवितर पारिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको थियो।
मंगलबार बिहानबाट भने अवस्था तानावग्रस्त बनेको हो। दुवै पक्ष छलफलका लागि इलाका प्रहरी कार्यालयमा पुगेका बेला झडपको अवस्था आएको हो। एक पक्षले अर्को पक्षलाई आक्रमण गरेपछि अर्को पक्षले बजारका मान्छेहरु उठाएर वातावरण थप बिग्रेको प्रहरीले जनाएको छ।
झडपका क्रममा ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही सामान्य घाइते भएको डीएसपी श्रेष्ठले बताए। उनी नेपाली कांग्रेस निकट हुन्। हालसम्म कसैलाई नियन्त्रणमा लिए नलिएको बारेमा जानकारी आइनसकेको उनको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
