काठमाडौँ । सत्य कथामा आधारित विजय पुनको ‘पत्थरको मुटु’ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ।
गायक प्रताप दासको समुधुर स्वर रहेको गीतमा विजय पुन मागको मर्म स्पर्शी शब्द हरेको भने गीतलाई ऋषि खड्काले संगीत भरेका छन् गीतमा विशाल निरौलाले एरेन्ज गरेका छन्।
गीतलाई सुमन रानाले मारुनी डिजिटलमा रेकर्ड गराएका हुन् । साथै कुमार रानाको अडियो मिक्सिङ रहेको हुन्।
भिडियोमा दुई युवायुवतीबीच रहेको प्रेमकथालाई प्रस्तुत गरिएको छ । प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता रसहरुको मिश्रित रूप यस भिडियोमा भएको कथावस्तुमा देख्न सकिन्छ।
भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुति दिइएको छ । भिडियोमा टिकटक स्टार विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ । साथै रमेश अधिकारीको पाहुना भूमिका देख्न सकिन्छ।
भिडियोलाई बुद्ध थापा र उनको संयुक्त समूहले छायांकन गरेका हुन्। भिडियोको मेकअप आर्टिस्ट समारा जोशी हुन् भने पोस्टरलाई सन्तोष सुनारले डिजाईन गरेका हुन्।
राजेन्द्र अर्याल प्राविधिक सल्लाहकार रहेको भिडियोको निर्माण व्यवस्थापन राजाराम सिम्खडाले गरेका छन् । भिडियोको रङ्ग संयोजन, भीएफएक्स र सम्पादनको जिम्मा मिलन विश्वकर्माले पाएका थिए। कथा निर्देशन भने विक्रम चौहानले गरेका छन्।
गीतलाई उत्कृष्ट बनाउन धेरै सहयोगी हातहरुको साथ रहेको थियो । गीतकार विजय पुनले आफ्नै जीवनसँग सम्बन्धित विषयबस्तुलाई गीत मार्फत् पस्किने प्रयास गरेका छन्।
गीति लेखनमा पुनको यो पहिलो कदम हो। टिकटक मार्फत् भाइरल भएका विजयको कला क्षेत्रमा छिर्ने ढोकाको रूपमा यस गीतलाई लिन सकिन्छ। उसो त उनले यसअघि नै अभिनय गरेको ‘तिम्रो नामको सिन्दुर’ गीतको भिडियो हिट भइसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
