दाहाल–नेपाल समूहद्वारा ओलीमाथि कारवाही, तीन दिन भित्र स्पष्टिकरण माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीमा कारवाही प्रक्रिया अघि बढाएको छ।

पार्टी विधानविपरित काम गरेको निष्कर्षसहित नेकपाले सोमबार अपरान्ह ओलीलाई स्पष्टिकरण पत्र लेखेको छ। उक्त पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझाइएको नेकपाले जनाएको छ।

Advertisement

स्पष्टिकरण पत्र पार्टी विधानविपरित काम गरेको हुँदा ‘तपाईंलाई किन कारबाही नगर्ने’ भनी ओलीलाई सोधिएको छ ।

स्पष्टिकरणपत्र बुझाउन नेकपा स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।

यसअघि बसेको स्थायी कमिटीको निर्णयअनुसार ओलीलाई स्पष्टिकरणपत्र बुझाएको हो । पत्रमा दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

More News last news
Loading...