काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ।
यसअघि शनिबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ थियो।
पछिल्लो २४ घण्टामा थप ४०० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६१ हजार ४४४ पुगेको छ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।
यसअघि शनिबार (हिजो) सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४ रहेको थियो।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५९ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
