काठमाडौँ । भारतले आफ्ना छिमेकीलाई दुई करोड डोज कोरोना खोप उपलब्ध गराउने भएको छ।
विश्वको प्रमुख खोेप उत्पादक राष्ट्र भारतले खोप उपलब्ध गराउने तयारी गरिरहेको अमेरिकी समाचार संस्था ब्लुमवर्गले जनाएको छ।
ब्लुमवर्गका अनुसार सेरम इन्सिच्युट तथा भारत बायोटेकले बनाएका खोपलाई सरकारी स्वामित्वमा रहेको एक कम्पनीले खरिद गरेर नेपाललगायतका छिमेकी राष्ट्रहरु बंगलादेश, श्रीलङ्का, अफगानिस्तान, सेचलिस र मोरिसलाई उपलब्ध गराउने भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
