यस्तो औँठी लगाउँदा ध्यानदिनुहोस् यी कुरा, नत्र होला पछुतो

काठमाडौँ । बहुमूल्य गहनाका रुपमा लिइने हीराको चमकले सबैलाई आकर्षित गर्छ । यो केवल गहनाका रूपमा शोभा बढाउने मात्र नभई यसले हाम्रो जीवन पनि परिवर्तन गर्न सक्छ।

ज्योतिषअनुसार, हीरा शुक्र ग्रहसँग सम्बन्धित रत्न हो । हीराको शुभ फलले व्यक्तिलाई सुखसमृद्धि र धनलाभ हुन्छ । यसको अशुभ असरले चाहिँ जीवनमा तनाव बढाउँछ ।

Advertisement

हीरा सबैका लागि शुभ हुँदैन । हीरा शुभ नहुने व्यक्तिले लगाउँदा विवाहित जीवन असफल हुन्छ ।

हीरा जति सेतो हुन्छ, त्यसले त्यति नै शुभ फल दिन्छ । दाग लागेको वा फुटेको हीरा अशुभ हुन्छ ।

हीरासँग मूगा वा गोमेद लगाउनुअघि कुनै ज्योतिषीसँग परामर्श गर्नुपर्छ ।

हीरालाई बूढी औंलामा लगाउँदा शुक्रबाट शुभ फल प्राप्त हुन्छ । अनामिका वा साहिँली औंलामा हीरा लगाउँदा सम्बन्ध बलियो हुन पुग्छ।

More News last news
Loading...