काठमाडौँ । हात हेरेर भविष्यवाणी गर्ने कुरा त धेरैलाई थाहा होला । तर खुट्टाको पैताला हेरे भविष्यवाणी गर्न सकिन्छ भन्दा अनौँठा लाग्न सक्छ।
तर अचम्म नमान्नुहोस्। समुन्द्र शास्त्रमा हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेणन हुने कुरा उल्लेख गरिएको छ।
आज हामी तपाईलाई समुन्द्र शास्त्र अनुसार खुट्टाका पैतलामा हुने चिन्हको अर्थबारे चर्चा गर्दैछौँ ।
समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथिमा माथितिर गएको रेखा छ भने यस्ता ब्यक्ति भोगी र विलाशी हुन्छन्। यस्ता व्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरु भाग्यमानी हुन्छन् र धनी पनि।
त्यस्तै कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हुन्छन् । यिनीहरुले धन कमाउनकै लागि धेरै मेहनत गर्नु पर्दैन।
जसको पैतालमा त्रिशुलको चिह्न छ त्यस्ता ब्यक्ति निक्कै भाग्यशाली हुन्छन्। सरकारी जागिर वा उच्च पद प्राप्त हुने ब्यक्तिको पैतलामा यस्तो चिह्न हुन्छ।
जसको पैतालामा बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ त्यस्ता ब्यक्ति महामानव हुन्छन । यस्ता व्यक्तिलाई विश्वले चिन्छ।
जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ त्यस्ता धनी भए पनि धनको मतलव नगर्ने हुन्छन् ।
पैतालामा अंग्रेजी अक्षर ‘टी’ जस्तो आकृति छ भने त्यस्ता व्यक्ति भाग्यशाली हुन्छन् । यस्ता व्यक्तिलाई व्यापारमा निक्कै सफलता मिल्ने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
