घरको यस्तो दिशामा कहिल्यै नराख्नुहोस् फोहोरमैला र कुचो, नत्र आउनेछ दरिद्रता

काठमाडौँ । धर्म शास्त्रमा मानिसको जीवन पद्धतिका विषयमा सबै कुरा उल्लेख गरिएको पाइन्छ। मानिसले नित्यकर्म गर्दा के-के गर्ने ? के नगर्ने विषयमा उल्लेख गरिएको पाइन्छ।केही मानिसहरु सामाजिक मान्यता र रीतिथितिमा निकै विश्वास गर्ने गर्दछन्।

विश्वासका आधारमा मानिसले शास्त्रसंगै भाग्य तथा वास्तुलाई पनि मान्दै आएको पाइन्छ। भाग्यले साथ दिए पनि मानिसले वास्तुमा ध्यान नपु-याउँदा वा वास्तुमा मात्र ध्यान दिई भाग्यले साथ नदिएमा पनि मानिसले उचित फल पाउन सक्दैनन्।

Advertisement

घरको उत्तरपूर्वी अर्थात इशान दिशामा फोहोर तथा कुचो लगायतका वस्तु राख्नु हुँदैन यसले घरमा कलह हुन्छ। वास्तुशास्त्र अनुसार अरु के के गर्नु हुँदैन ?

१) घरको ईशान नैऋत्य कोणलाई सफा तथा हलुका सामान राखे राम्रो लाभ मिल्छ।

२) यस कोणमा अपवित्र वस्तुहरू, फोहोरमैला तथा कुहिने सामाग्री राख्नुहुँदैन।

३) यस दिशातर्फ भारी वस्तु, जस्तैः सिमेन्टका बोरा, ढुंगा, फलाम लगायतका सामाग्रि राख्नुहुँदैन

४) जुनसुकै अवस्थामा पनि यस दिशामा शौचालय बनाउनु हुँदैन। अन्यथा घरमा कलह हुन्छ।

५) इशान नैऋत्य कोणमा शौचालय भएमा सन्तान अपांग हुने, वंश वृद्धिमा समस्या हुने बताइन्छ।

६) यी दिशामा फोहोरजन्य सामग्री हुँदा सन्तानमा दुष्चरित्रता र दीर्घरोगको समस्या देखापर्छ।

७) घरको उत्तरपूर्वी दिशा सफा नभएमा घरमा दरिद्रता आउने हुन्छ।

८) घरको उत्तर पूर्वी कोणका कुनामा प्वाल पार्नु हुँदैन साथै कुनै भग्नावशेष समेत राख्नु हुँदैन।

९) यस कोणमा भान्साघर समेत बनाउनु हुँदैन । यसले हानी गर्छ।

इशान दिशामा के गर्ने ? घरको ईशान नैऋत्य कोण अर्थात उत्तरपूर्वी भागको कुनामा मन्दिर बनाउनु पर्दछ।

मन्दिरमा भगवान स्थापित गरँई नियमित पुजा गर्नुपर्दछ। उत्तरपूर्वी दिशामा घरको कृत्रिम जलप्रवाह वा प्राकृतिक वर्षाको बहाव हुनुपर्दछ।

यस दिशालाई सकेसम्म खाली, स्वच्छ र सफा राख्नुपर्दछ। त्यतिमात्र होइन घरका प्रत्येक कोठामा ईशान कोण खाली राख्नुपर्दछ।

इशान कोणमा के हुन्छ रुयदि ईशान कोणमा इनार वा नहर छ भने जमीन हराभरा हुन्छ। विद्यालय छ भने विद्यार्थीहरु पढ्न मन गर्छन्।

यस कोणमा अस्पताल छ भने बिरामी छिट्टै निको हुन्छन्। यस ठाउँमा ब्यवसाय, व्यापार गर्दा आर्थिक लाभ हुने विश्वास गरिन्छ।

More News last news
Loading...