काठमाडौँ । हस्तरेखा शास्त्रका अनुसार व्यक्तिको हत्केलामा बनेका रेखाका आधारमा उसको जीवनको भूत, भविष्य र वर्तमानको स्थिती जान्न सकिन्छ।
हत्केलामा बनेका कैयौं प्रकारको रेखाले ब्यक्तिको जीवन चित्रण गर्दछ। हत्केलाका रेखामा जीवन रेखा, स्वस्थ्य रेखा र भाग्य रेखा समेत हुने गर्दछ। यी रेखाका अतिरीक्त हत्केलामा केहि पर्वत समेत बनेको हुन्छ।
जसमा शनि पर्वतको खास महत्व हुने गर्दछ। आज हामी हातमा बनेका केहि रेखाले कस्तो जीवनफल इशारा गर्दछ त्यसबारे चर्चा गर्नेछौ।
१) कुनै ब्यक्तिको हत्केला बीचमा घडा, रुख वा रथको निशान बनेको हुन्छ यस्ता ब्यक्तिले राजयोगको सुख प्राप्त गर्ने मान्यता छ।
२) यस अलावा जुन ब्यक्तिको निधार चौडा र ठुलो हुन्छ, हात लामो हुन्छ यस्ता ब्यक्तिले समेत राज सुख प्राप्त गर्ने मान्यता छ।
३) कुनै ब्यक्ति हत्केलामा धनुष, कमलको फूल वा आसनको निशान बनेको भए यस्ता ब्यक्ति ठुला प्रशासक बन्ने मान्यता छ।
४) जुन ब्यक्तिको हत्केलामा मणिबन्ध (हत्केला मुनी नाडीको रेखा) सीधा शनि पर्वत हुदैं माझि औलामा ठोकिन्छ, यस्ता ब्यक्तिले राजसुख प्राप्त गर्दछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
