काठमाडौँ । नारी आफैमा एक अद्भूत शक्तिकी खानी हुन। त्यसकारण नारीलाई माता दुर्गा, लक्ष्मी अर्थात सरस्वतीको रुपमा लिइन्छ।
तर नारी भन्ने बित्तिकै नारीको देह भएर पुग्दैन्। त्यसको लागि नारिको रुप, स्वभाव, प्रवृत्ति, चालचलन, सोच, विचार जस्ता अनेक कुराहरुलाई लिइन्छ।
साच्चै भन्नुपर्दा नारी एक कोमल हृदयकी खानी हुन्। नारीमा एक प्रकारको सहृदयी भाव रहेको हुन्छ।
यद्यपी धार्मीक शास्त्रले पनि नारी कस्तो हुनुपर्छ भन्ने कुराको व्याख्या गरेको छ । हेरौँ एक असल नारीमा कस्तो कस्तो गुणहरु हुन्छन् त।
१) मिठो बोली बचन, मधुर आवाज, हरेक क्षण मायालु व्यवहार दर्शाउछन्।
२) जुन नारीमा सेवा भाव, क्षमाशील, दानशील, बुद्धिमानी, दयाभाव, कर्तव्य निष्ठ हुने गर्छन्।
३।जुन नारी तनले हैन मनले सुन्दर रहेकी छन् ।
४) जुन महिला घरमा आएका पाहुनलाई हा’र्दिकताको साथ घरमा स्वागत सत्कार गर्छिन्।
५) अरुको दुखमा आफ्नो दुख सम्झेर दुख बाट मुक्ति पाउँदा आफुलाई आनन्द भएको अनूभूत गर्ने नारी।
६) आफ्नो घरका सबै सदस्यबाट उत्तिकै रुपमा श्रद्धा, प्रेम सम्मान पाएका नारी। जो सबैसँग मिठो बोल्ने, स्वास्थकर खाना खुवाउने गर्छिन्।
७) जो हरेक दिन स्नान गरेर स्वच्छ सफा र स्वच्छ वस्त्र लगाउने गर्छिन्।
८) जुन नारी घरलाई शान्तिमय बनाउन हरेक दिन बिहान बेलुका पुजा आज गर्छिन्, दीप बालेर घरलाई सुगन्धित र बास्नामय बनाउँछिन्।
९) जो पतिव्रतको पालना गर्छिन्।
१०) आफ्नो घरमा धर्म र नितिको मार्गमा हिड्न सबैलाई प्रेरित गर्छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
