काठमाडौँ । बास्तु शास्त्रका अनुसार घरमा केही कुरामा ध्यान दिने हो भने हरेक समय सुख शान्ति प्राप्त हुन सक्छ। किन भने घरमा रहेका हरेक बस्तुले सकारात्मक र नाकारात्मक उर्जा बनाइरहेका हुन्छन्।
घरमा नकारात्मकलाई निषेध गरेर सकारात्मक उर्जा जम्मा हुन दिएमा घरमा सुख शान्ति हुने बास्तु शास्त्रको दावी छ।
यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः
१) घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ। तर यस्तो ट्याङ्की छतको दक्षिण-पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ। अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ।
२) घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ। उत्तरदक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ।
३) भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ। अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन्। यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ।
४) घरमा सर-सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस्। यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ।
५) घरमा परिवारको तस्विर राख्दा दक्षिण-पश्चिम दिशामा राख्नु शुभ मानिन्छ। यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ।
६) घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन। यो बास्तु नियम विपरित मानिन्छ।
७) घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ। घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ।
८) घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
