काठमाडौँ । ज्योतिषका अनुसार कुन्डलीमा यदी केही ग्रह दोष रहेको छ भने मानिसलाई पैसाको समस्या भोग्नु पर्ने हुनसक्छ। ग्रह दोषबाट टाढा रहनका लागि कयौं उपायहरु रहेका छन्।
यी उपायहरुबाट ग्रह अनुसार अशुभ प्रभावहरुमा कमी आउन सक्नेछ। र, कयौं सकरात्मक फल पनि प्राप्त हुनेछ। हामीसँग जुनसुकै वस्तु हुन्छ ती सबै कुराको प्रभाव हाम्रो आर्थिक स्तरमा पनि पर्न सक्छ।
पैसा राख्नको लागि पर्स सामान्यदेखि सबै व्यक्तिले बोक्ने गर्छन्। यदि पर्स राशीअनुसार राखियो भने धन सम्बन्धी कामहरुमा आएका समस्याहरु समाधान हुनसक्ने छन्।
जान्नुहोस्, तपाइको राशी अनुसार कुन पर्स बोक्दा राम्रो ?
मेषः यो राशीका मानिसहरुले रातो पर्स वा मरुन रंगको पर्स बोक्दा राम्रो हुनेछ। यस राशीको श्वामी मंगल रहेको छ। र, मंगलको प्रिय रंग रातो हो।
वृषः वृष राशीको स्वामी ग्रह शुक्र हो। अतः यस राशीका मानिसहरुले शुक्रसँग सम्बन्धीत रंग सेतो वा चम्कीलो सिल्भर रंगको पर्स बोक्नु लाभदायी हुनेछ।
मिथुनः यस राशीका मानिसहरुको लागि हरियो रंग लाभदायी मानिन्छ। मिथुन राशिको स्वामी बुध हो। र, बुधको प्रिय रंग हरियो हुने गरेको मानिन्छ।
कर्कटः यस राशीको स्वामी चन्द्र हो । चन्द्रको प्रिय रंग सेतो वा सादा रंग हुने गर्छ। अतः यस राशीका मानिसहरुले सेतो वा फिक्का रंगको पर्स बोक्नु लाभदायी हुने छ।
सिंहः सिंह राशीको स्वामी सुर्य हो । सुर्यलाई उर्जाको प्रतिक मानिन्छ। यसको प्रिय रंग रातो, पहेलो र खैरो हो। अतः यस राशीका मानिसहरुले यही रंगको पर्स बोक्नु उचित हुने छ।
कन्याः कन्या राशीको स्वामी बुध हो । बुध ग्रहको प्रिय रंग हरियो हुनेगर्छ। अतः यस राशीका मानिसहरुले हरियो रंगको पर्स बोक्नु फाइदाजनक हुनेछ।
तुलाः यस राशिका मानिसहरुले सेतो रंग वा चम्कीलो रंगको पर्स बोक्नु लाभदायी हुने छ। तुला राशीको स्वामी शुक्र हो । र, यो सबै शुक्रको प्रिय रंग हो।
वृषः वृष राशीको स्वामी मंगल हो । मंगलको प्रिय रंग कलेजी रंग हो । अतः यस राशीका मानिसहरुले कलेजी रंगको पर्स बोकेमा लाभदायी हुनेछ।
धनुः धनु राशीको स्वामी ग्रह बृहस्पति हो। देव गुरु बृहस्पतिको प्रिय रंग पहेलो हो। अतः यस राशीका मानिसहरुले पहेलो रंगको पर्स बोक्नु लाभदायी हुनेछ।
मकरः मकर राशीका मानिसहरुले निलो अथवा कालो रंगको पर्स बोम्नु फाइदा जनक हुनेछ । यस राशीको स्वामी शनि हो। शनिको प्रिय रंग निलो र कालो हो।
कुम्भः जुन मानिसहरुको राशी कुम्भ रहेको छ, उनीहरुले निलो, कालो वा कुनै गाडा रंगको पर्स बोक्नु लाभदायी हुनेछ । यस राशीको स्वामी शनि हो । र, यस प्रकारको रंग शनिको प्रिय रंग हो।
मिनः मिन राशिको ग्रह स्वामी गुरु हो । गुरुको प्रिय रंग पहेलो हो। अतः यो राशीका मानिसहरुले पहेलो रंगको पर्स बोक्नु अत्यन्त सुभदायी हुने छ।
यसरी राशीअनुसार पर्स बोकेमा तपाइको पर्समा पैसाको कमी हुने छैन् । यस्तै तपाइले पैसाको विषयमा कुनै समस्या पनि भोग्नु पर्ने हुने छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
