यी लक्षण हुने व्यक्ति हुन्छन् निकै बुद्धिमान, तपाईमा पनि छन् की ?

काठमाडौँ। संसारभरका मानिसमा सबैमा अलग्गै विशेषता हुन्छ। मार्कसिटमा हुने अंकको आधारमा व्यक्ति कत्तिको बुद्धिमान छ भन्ने जान्न सकिंदैन। किनकी हरेक मानिस कुनै एउटा पाटोमा बुद्धिमान हुन्छ।

दिमागको भाग र कामलाई विभिन्न वैज्ञानिकले अलग अलग काम तथा हिस्सामा बाँडेका छन्। कसैले दिमागलाई तीन भागमा बाँडेका छन् त कसैले छ भागमा। तर, जुनसुकै हिसाबले बाँडेतापनि हरेक व्यक्तिको दिमाग कुनै एउटा भागमा सक्रिय पाइन्छ।

Advertisement

प्राय स्कुलहरुमा राम्रो अंक ल्याउने विद्यार्थीहरु अगाडी बेञ्चमा बस्ने गर्छन्। अगाडी बस्ने विद्यार्थीहरुलाई बुद्धिमान भनिन्छ।

तर, वास्तवमा अगाडी बेञ्चमा बस्ने विद्यार्थी भन्दा पछाडी बस्ने विद्यार्थी बुद्धिमान हुन्छन्। अगाडी बस्ने विद्यार्थीहरु अरुले सिकाएको कुरा टिप्न सक्ने हुन्छन् तर पछाडी बस्ने विद्यार्थीहरु जिन्दगीको जुनसुकै लडाई लड्न सक्ने हुन्छन्। उनीहरुमा एकै पटक धेरै काम गर्ने क्षमता समेत हुन्छ।

बुद्धिमान व्यक्तिहरु खुशी देखिन्छन्। उनीहरु मुस्कुराउन मन पराउँछन् र अरुलाई पनि हाँसेको हेर्न चाहन्छन्। पीरमा परेको व्यक्तिलाई समेत उनीहरु हँसाउने प्रयास गर्छन्।

तर पनि उनीहरु कुनै चिन्तनमा पनि डुबेका हुन्छन्। बुद्धिमान व्यक्तिहरु धेरै सोंच्छन् । उनीहरु कुनै कुराको विश्लेषण गर्ने र निर्णय लिंदा धेरै सोंचेर लिने किसिमका हुन्छन्।

बुद्धिमान व्यक्तिहरु आफूलाई माया गर्ने, आफैमा हराउन सक्ने हुन्छन् । उनीहरुलाई साथी नभएतापनि दिन काट्न समस्या हुँदैन। एउटा पुस्तक पढेर नै उनीहरुले आफ्नो दिन काट्न सक्छन्।

उनीहरु रचनात्मक हुने हुनाले आफू भित्र हरेर कुनै कुरामा डुब्छन्, जसले गर्दा उनीहरुलाई साथीको अभाव महसुस हुँदैन । धेरैजसो बुद्धिमान व्यक्तिहरु देब्रे हात प्रयोग गर्ने हुन्छन्।

More News last news
Loading...