चन्दन:
पूजामा चन्दनको प्रयोग निकै शुभ मानिन्छ । चन्दनको सुगन्धले घरमा नकारात्मक ऊर्जा कम भएर जान्छ र शान्तिको माहोल उत्पन्न हुन्छ । त्यसैले घरमा थोरै भए पनि चन्दन राख्ने गर्नुपर्छ ।
घिउ:
घिउ खानु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । घरमा घिउ कहिल्यै पनि टुटाउनु हुँदैन । घिउ हालेर बत्ती बाल्दा त्यसको सकारात्मक ऊर्जा घरमा पैदा हुन्छ ।
पानी:
घरमा सफा पानी राख्नुको महत्व धेरै छ । यसले कुण्डलीमा देखिएका धेरै दोष निवारण गर्छ ।
मह:
महको स्वाद जोकोहीलाई पनि राम्रो लाग्छ । वास्तु दोष हटाउन महको धेरै भूमिका हुन्छ । नकारात्मक ऊर्जा न्यूनीकरणका लागि घरमा सधैं मह राख्ने गर्नुपर्छ ।
वीणा:
वीणा घरमा राख्नाले बच्चा या परिवारका अन्य सदस्यमा बुद्धिको विकास हुन्छ । यसले हरेक स्थितिमा धैर्यता राख्न शक्ति प्रदान गर्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
