अचानक हातबाट नुन पोखियो ? हुनसक्छ यस्तो संकेत

काठमाडौँ । नुनको ठूलो महत्व छ हाम्रो जीवनमा। नुन मात्र भएन भने भान्सा चल्न सक्दैन। नुनले खानाको स्वाद बढाउन मात्र होइन तपाइँको भाग्य पनि चम्काउन सक्छ भन्ने चाँहि थाह नहुन सक्छ।

नुनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ। नुनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्याउँछ।

Advertisement

बास्तु शास्त्रमा जीवनलाई सुखी र समृद्धशाली बनाउने अचूक उपायहरुको उल्लेख गरिएको छ। तपाइँको घरमा बास्तुदोष छ भने त्यसको उपचार केवल केही कचौरा नुनले गर्न सकिन्छ।

तर यस्तो नुन भने समुन्द्री नून नै हुनु पर्छ। बाथरुममा केही कचौरा नून राख्नुस् तपाइँको घरमा रहेको बास्तु दोष मेटिन्छ। तर हरेक महिना कचौरामा रहेको नुन परिवर्तन गर्नु पर्छ।

हाम्रो वरपर सकारात्मक र नकारात्मक गरी २ प्रकारका शक्ति हुन्छन् । यसको प्रभाव हाम्रो जीवनमा सिधा पर्छ।

बास्तु शास्त्र यही सिद्धान्तमा आधारित छ । घरमा धेरै सदस्यको सोंच नकारात्मक छ भने सो घरमा शान्ति हुन कठिन हुन्छ।

नुनमा यस्तो अदभुत शक्ति हुन्छ जसले त्यस्ता नकारात्मक शक्ति नष्ट गरिदिन्छ। त्यसका साथै घरको दरिद्रता नष्ट हुने र लक्ष्मी प्रशन्न हुने समेत बास्तु शास्त्रको दावी छ। बाथरुममा नून राख्दा असफलताको अन्त्य हुने र सफलता शुरु हुने समेत विश्वास छ।

नुन पोखिनु अशुभ
हाम्रो परंपरागत मान्यतामा नुन पोखिनु राम्रो मानिँदैन। त्यसैकारण नुन प्रयोग गर्दा सचेत भएर गर्नु पर्छ। नून पोखिनु नेपाल र भारतमा मात्र होइन युरोपेली देशमा समेत नराम्रो संकेत मानिन्छ।

खासकुरा के हो भने प्राचिन समयमा नून दुर्लभ हुने गर्थ्यो । रोमान साम्राज्यमा सैनिकहरुलाई तलवको साटो नुन दिने गरिन्थ्यो।

तलवलाई अंग्रेजीमा स्यालरी भनिन्छ । जुन स्याल र सल्टको अपभ्रंस हो। त्यसैले नुन खस्नु भनेको भाग्य वा समृद्धीको पतन जस्तै मानिएको हो।

More News last news
Loading...