काठमाडौँ । आजभोलि कयौँ व्यक्ति सफल भएर पनि त्यसलाई सम्हाल्न निकै चुनौतीका विषय बन्ने गर्दछ। किनकी हरेक व्यक्तिको कयौँ दुश्मन हुने गर्दछन्, जसले उसलाई निचा देखाउनका लागि केही गल्ती खोजिरहेका हुन्छन्।
यस्तो अवस्थामा व्यक्तिको निष्ठा र ध्येय नै सफलता दिनका लागि सहयोग बन्ने गर्दछ। आज हामी तपाईलाई सफलता प्राप्त गर्ने र त्यसलाई स्थिर राख्नका लागि अप्नाउनु पर्ने सुत्रका बारेमा जानकारी दिदैछौँ।
१) आफ्नो योग्यताको पहिचान गर्नुहोस्
कुनै पनि क्षेत्रमा सफल हुनका लागि उसको योग्यता आवश्यक हुने गर्दछ। सबैभन्दा पहिले आफ्नो योग्यताको निर्धारण गर्नुहोस्। त्यसपछि तपाईले म कुन क्षेत्रमा सफल हुन चाहन्छु भन्ने कुरा तय गर्नुहोस्।
यदी तपाई गलत क्षेत्रमा प्रयास गर्दै हुनुहुन्छ भने त्यसमा सफलता प्राप्त गर्न कठिन हुने गर्दछ। तर योग्यता अनुसार सही क्षेत्रमा प्रयास गर्नु भएको छ भने चाडै सफलता प्राप्त गर्न सक्नुहुनेछ।
२) सर्टकटमा मिलेको सफलता हुँदैन् स्थिर
वर्तमान समयमा जुन कुनै ठाउँमा पनि एक दोस्रोभन्दा अघि बढ्ने प्रतिस्पर्धा चलिरहेको छ। यसमा कुनै व्यक्ति सर्टकटमा अघि बढ्न चाहन्छन् भने त्यो सफलता प्राप्त गरेर पनि स्थिर हुँदैन्।
सर्टकटमा प्राप्त गरेको सफलताले आफैलाई कुनै दिन लज्जासबोध नगराउला भन्न पनि सकिदैन्। त्यसैले सफलता प्राप्त गर्नका लागि सर्टकट उपाय नअप्नाउनुहोस्। मेहनत गरेर प्रतिस्पर्धीसँग लड्नु भयो भने स्थायी सफलता प्राप्त गर्न सक्नुहुनेछ।
३) सफलता पछि आफ्नो कर्तव्य नभूल्नुहोस्
केही व्यक्ति हुने गर्दछन्, थोरै सफलता प्राप्त गर्ने वित्तिकै आफ्नो कर्तव्य नै भूलिहाल्ने। यो सबैभन्दा ठूलो भूल हो। उनीहरुलाई यो कुरा थाहा हुनु पर्दछ की सफलता तब मिल्छ जब उनीहरु आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरुन।
सफलता प्राप्त गरेपछि कर्तव्य भूल्नु पुनः असफलता तर्फ लाग्नु हो। त्यसैले सफल भएपछि पनि आफ्नो कर्तव्य कहिलै भूल्नु हुँदैन्। इमानदारी र निष्ठा भएर काम गर्नु अत्यन्त आवश्यक हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
