काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले धमाधम जिम्मेवारी बाँडफाँडको निर्णय गर्न थालेको छ।
आज बसेको बैठकले एकीकरणको बाँकी कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा १२ सदस्यीय गृहकार्य टोली गठन गरेको छ।
टोलीमा भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, वर्षमान पुन, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, जर्नादन शर्मा, पम्फा भुसाल, घनश्याम भुसाल, लिलामणि पोखरेल, मातृका यादव र डा. वेदुराम भुसाल रहेका छन्।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार टोलीले प्रदेश, जिल्ला, जनवर्गीय संगठन लगायत तल्लो इकाईको पदाधिकारीबारे सात दिनभित्र सझुाव दिनेछ । त्यसलाई चाँडै कार्यान्वयनमा लाने समेत जनाइएको छ।
यसैगरी, बैठकले प्रतिनिधिसभा बिघटनविरुद्धको संघर्ष समितको सहसंयोजकमा दुई सदस्य थपेको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको समितिमा योगेश भट्टराई सहसंयोजक रहेकोमा पम्फा भुसाल र गणेश साह थपिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
