संसद विघटनविरुद्ध काँग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौँ । संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ।

पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ।

Advertisement

केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ।

त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ।

कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ। केन्द्रीय कार्यसमितिको बैठकमा अहिले नेताहरुले बोल्ने क्रम जारी छ।

कोरोना संक्रमणबाट मुक्त भएपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि आजको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए।

बैठकमा उनले संसद् पुनर्स्थापना र निर्वाचन पनि नहुने अवस्थामा मुलुक पुग्न लागेको भन्दै कांग्रेस चुप लागेर बस्न नहुने बताएका थिए। उनले पनि तत्काल विरोधका कार्यक्रम घोषणा गर्नुपर्ने दबाव नेतृत्वलाई दिएका थिए।

More News last news
Loading...