यी हुन् धर्मशास्त्रले उल्लेख गरेका महिलाका ३२ लक्षण, तपाईमा छ त ?

काठमाडौँ । धर्मशास्त्रअनुसार महिलामा हुनुपर्ने गुणबारे निकै विस्तृत रूपमा व्याख्या गरिएको पाइन्छ । खासगरी धर्मशास्त्रले महिलामा हुनैपर्ने ३२ लक्षणको बारेमा बढी चर्चा गर्ने गरेको पाइन्छ । ती लक्षण कस्ता र कुन कुन हुन् भन्नेबारे कमै मात्रलाई थाहा हुन सक्छ ।

तर, हिन्दु धर्मशास्त्रले बताएअनुसार महिलामा हुनुपर्ने ३२ गुण वा लक्षणलाई यसप्रकार विभाजन गरेर व्याख्या गरिएको पाइनछ ।

Advertisement

धर्मशास्त्रले पनि महिलामा हुनुपर्ने गुणका बारेमा चर्चा गरेको छ । जुन हामीलाई थाहा नहुन पनि सक्छ । महिलामा हुनुपर्ने ३२ गुणहरु के हुन त त्यसलाई हामीले तल चर्चा गरेका छौं ।

१. पद्मासनमा बस्दा वृत्ताकार –गोलो आसनमा हुनु

२. हातका औँला लामा–लामा हुनु

३. औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु

४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु

५. शरीरमा विभिन्न सात सुगन्ध हुनु

६. हरिणका जस्ता फिला हुनु

७. गुप्ताङगहरु गुप्त रहनु

८. शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु

९. शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु

१०.काँध पुष्ट, चौडा र गोलो हुनु

११. पाखुरा राम्ररी फर्कने हुनु

१२.पाखुरा लामा हुनु

१३. सम्पुर्ण शरीर तेजोमय हुनु

१४. शंख समान घाँटी हुनु

१५. सोझो र सिंहको जस्तो चिउँडो हुनु

१६. ३२ वटा दाँत हुनु

१७. चम्किला र टमक्क जोडिएका दाँत हुनु

१८. समान मिलेका दाँत हुनु

१९. बंगारा स्वच्छ र सुन्दर हुनु

२०. जिब्रो लामो हुनु

२१.सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु

२२. पातलो स्वर हुनु

२३. विभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु

२४.कुरामा अडिक रहनु

२५. आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु

२६.मिलेको कपाल हुनु

२७. अल्छी नहुनु

२८. अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु

२९.शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु

३०.चमक्क चम्किने केश हुनु

३१. स्वभाव लज्जालु हुनु

३२.दुढ स्वभाव हुनु

More News last news
Loading...