काठमाडौँ । संयुक्त राज्य अमेरिकामा एक नेपालीको ज्यान गएको छ।
नुवाकोट घर भै १२ वर्ष देखि अमेरिका बस्दै आएकी नेपाली चेली मिमार शेर्पाको न्यु जर्सीमा उपचारको क्रममा ज्यान गएको विधानसभा सदस्य ह्यारी भण्डारीले जनाएका छन् ।

उनका अनुसार, स्वर्गिय ३७ वर्षीय शेर्पाको हेल्मु समुदाएको धार्मिक संस्कार अनुसार हिजो अन्त्येष्टि गरिएको छ ।
भण्डारीले सामाजिक सञ्जालमा भनेका छन्, “नेपाल नुवाकोट घर भै १२ वर्ष देखि अमेरिका बस्नुभएकी नेपाली चेली मिमार शेर्पाको न्यु जर्सीमा उपचारको क्रममा ३७ वर्षको अल्पायुमै निधन भएको खबरले हामी मर्माहित तथा स्तब्ध भएका छौं । उहाको अन्त्येष्टि हेल्मु समुदाएको चलन अनुसार हिजो १ बजे स्थानिय अन्त्येष्टि गृह मा सम्पन्न भएको छ! यस दुखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी हार्दिक समवेदना प्रकट गर्दछु!”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
