यी ६ कुराले बदलिन सक्छ तपाईको भाग्य, एक पटक गरेर हेर्नुहोस्, आफै देख्नुहुनेछ चमत्कार

काठमाडौँ । सुखी र समृद्धि जीवनका लागि शास्त्रमा कयौँ नियम तथा परम्परा उल्लेख गरिएको छ। यी नियम र परम्पराको पालना गर्दा पुण्य  सँगसँगै धन लाभ हुने धार्मीक विश्वास छ। आज हामी यस्ता केही कामका बारेमा चार्चा गर्दैछौँ।

विष्णुरेकादशी गीता तुलसी विप्रधेनवः।
असारे दुर्गसंसारे षट्पदी मुक्तिदायिनी ।।

Advertisement

यस श्लोकमा ६ कुरा बताइएको छ, जुन नियम लागु गर्दा तपाईको हरेक समस्या दूर हुनुको साथसाथै तपाईको भाग्य पनि चम्किनेछ।

विष्णु भगवानको पुजा गर्नु

माथि उल्लेख गरिएका ६ कुरा मध्ये पहिलो काम विष्णु भगवानको पुजा गर्नु हो। भगवान विष्णु परमात्माका तीन स्वरुप मध्ये एक जगत पालनकर्ता मानिन्छ। विष्णु अवतारको पुजा गर्दा धर्म, अर्थ, काम वा मोक्ष सबै कुरा पूरा हुने शास्त्रमा उल्लेख गरिएको छ।

एकादशी ब्रत
माथिको श्लोकमा बताइएको दोस्रो काम एकादशी ब्रत हो। यो ब्रत भगवान विष्णुप्रति समर्पित रहेको छ। हिन्दू पंचाङका अनुसार हरेक महिनामा दुई एकादशी आउने गर्दछन्।

एक कृष्ण पक्षमा र अर्को शुक्ल पक्षमा । दुबै पक्षको एकादशीको ब्रत राख्दा घरमा सुख समृद्धि प्राप्त हुने शास्त्रमा उल्लेख छ।

श्रीमद् भागवत गीता पाठ गर्नु
श्रीमद् भागवत गीता भगवान श्रीकृष्णको साक्षात ज्ञानस्वरुप हो। जुन व्यक्तिले नियमित रुपमा गीता पाठ गर्दछ, ती व्यक्तिलाई भगवानको कृपा मिल्ने गर्दछ।

तुलसीको हेरचाह गर्नु
घरमा तुलसी हुनु शुभ र स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। यो कुरा विज्ञानमा पनि उल्लेख गरिएको छ। तुलसीको वासनाले वातावरणका सूक्ष्म हानिकारक किटानु नष्ट हुने गर्दछन्।

घरको आसपासको नकारात्मक उर्जा नष्ट भएर सकारात्मक उर्जा बढ्ने गर्दछ। तुलसीको हेरचाह तथा पुजा गर्दा लक्ष्मीसहित सबै देवी देवताको कृपा प्राप्त हुने गर्दछ।

ब्राह्मणको सम्मान
पुरानो मान्यताका अनुसार ब्राह्मणलाई सधै आदर सम्मान गर्नु पर्दछ। जुन व्यक्तिले ब्राह्मणको अपमान गर्दछ, त्यस्ता व्यक्तिले सधै दुख पाउने धार्मीक विश्वास छ।

ब्राह्मण नै भगवान र भक्तका बीचका अहम कडी हुन्। शास्त्रका अनुसार ब्राह्मणको सम्मान गर्दा जीवन सधै सुखी हुने गर्दछ।

गाईको सेवा गर्नु
माथि श्लोकका उल्लेख गरिएको ६ काम मध्ये अन्तिम काम गाईको सेवा गर्नु हो। जुन घरमा गाईको सेवा गरिन्छ, त्यहाँ सबै देवी देवताको वास हुने धार्मीक विश्वास छ।

More News last news
Loading...