कुनै पनि व्यक्तिले साँझमा भुलेर पनि नगर्नुहोस् यी काम, नत्र धनको नाश हुनेछ

काठमाडौँ । धार्मिक मान्यताअनुसार हामीलाई कुनै विशेष समयमा केही विशेष काम गर्न दिइँदैन । यस्तै प्रकारले साँझको समय, जब सूर्यास्त हुन्छ। त्यतिबेला पनि केही काम नगर्न मनु संहिताले मनाही गरेको छ।

मनु संहितामा यस्तो भनिएको छ कि सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने उनले धन नोक्सानीको असर भोग्नु पर्नेछ। साथै उक्त व्यक्ति कालान्तरमा अल्पआयू पनि हुन जान्छन्।

Advertisement

मनु संहिताले विशेष गरेर यी चार कामलाई साँझपख नगर्न भनेका छन् ।
जो यस प्रकार छन्ः

भोजन गर्नु
मनु संहितामा लेखिएको छ,
चत्वारि खलु कार्य्याणि सन्ध्याकाले विवर्जयेत् ।
आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम् ।।

अर्थात् सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य खराब हुनेछ।

यस श्लोकको अन्त्यमा अन्य तीन काम पनि बताइको छ । यस्ता काम पनि सन्ध्याकालमा गर्नु हुँदैन।

सहवास गर्नु
मनु संहिताको यो श्लोककमा उल्लेख गरिएको छ कि साँझको समयमा कुनै पनि पुरुषले स्त्रीसँग सहवास गर्नु (शारीरिक सम्पर्क) गर्नु हुँदैन।

साँझपख सुत्नु
मनु संहिताका अनुसार सन्ध्याकालमा सुत्नाले तपाई गरिब मात्रै हैन, रोगी र अल्पायू पनि हुनुहुनेछ।

अध्ययन गर्नु
मनु संहिताको यो श्लोकमा साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ। साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता छ।

More News last news
Loading...