अमेरिकामा एकैदिन सर्बाधिक १ लाख २४ हजारमा कोरोना पुष्टि, १ करोड नाघे संक्रमित

काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको दैनिक संक्रमण वृद्धिमा नयाँ कीर्तिमान कायम भएको छ।त्यहाँ तीन दिनयता लगायतार एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा संक्रमण देखिएको अमेरिकामा शनिबार १ लाख २४ हजारभन्दा बढी संक्रमित थपिएका छन्।

Advertisement

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ५१ जनामा संक्रमण भएको छ। नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ५० हजार ९७ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ८४ हजार ५७४ जना संक्रमणमुक्त भएका छन्।

उपचार गराइरहेका ३४ लाख २३ हजार ३६३ जनामध्ये १८ हजार २१४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४२ हजार नाघेको छ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १८१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४२ हजार १६३ पुगेको छ।

More News last news
Loading...