काठमाडौँ । ज्योतिषमा सूर्यदेवलाई सबै ग्रहको राजा मानिने गरिन्छ। त्यसैले सूर्यको पूजाबाट कुण्डलीमा भएको सबै ग्रह दोष हटाउन सकिने विश्वास गरिन्छ।
सूर्य देवलाई खुसी पार्ने सबै भन्दा कारगर र सजिलो उपाय हो विहान सूर्य देवलाई अघ्र्य दिनु। जुन घरमा विहान यो सानो काम गरिन्छ, उनीहरुलाई घर, परिवार र समाजमा मान सम्मान प्राप्त हुने गर्दछ।
आज हामी तपाई इंद्रेश्वर महादेव मन्दिरका पुजार ज्योतिषाचार्य सुनील नागरले बताएका सूर्यलाई जल चढाउने विधि र सरल मन्त्रका बारेमा जानकारी दिदैछौँ।
पूजा विधि
विहान सूर्योदय भन्दा चाडै उठ्नुहोस्, स्नान गर्नुहोस्, स्नान गर्दा पानीमा थोरै जल पनि मिलाउनुहोस्। त्यसपछि सफा बस्त्र लगाउनुहोस्।
त्यसपछि सूर्यदेवका सामु आसन विछ्याउनुहोस्। त्यसपछि आसमा उभिएर तामाको भाँडोमा पवित्र जल भर्नुहोस्।
त्यस जलमा थोरै मिश्री पनि मिलाउनुहोस्। मान्यता छ की सूर्यलाई गुलियो जल चढाउँदा जन्मकुण्डलीको मंगल दोष हटेर जाने गर्दछ।
त्यसपछि जल सूर्योदय हुन्छ, तब दुबै हातले तामाको भाँडाबाट सूर्यलाई जल चढाउनुहोस्। जल चढाउँदा सूर्य मन्त्र पनि जप गर्नुपर्ने हुन्छ।
सूर्यलाई जल चढाउँदा तलको दुई मध्ये कुनै एक मन्त्र जप गर्नुहोस्
ऊँ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।
ॐ सूर्याय नमस्, ॐ आदित्याय नमस्, ॐ नमो भास्कराय नमस्।
अर्घ्य समर्पयामि।।
सूर्य ध्यान मंत्र
ध्येय सदा सविष्तृ मंडल मध्यवर्ती।
नारायणः सर सिंजासन सन्निस् विष्ठस्।।
केयूरवान्मकर कुण्डलवान किरीटी।
हारी हिरण्यमय वपुधृत शंख चक्र।।
जपाकुसुम संकाशं काश्यपेयं महाधुतिम।
तमोहरि सर्वपापध्नं प्रणतोऽस्मि दिवाकरम।।
सूर्यस्य पश्य श्रेमाणं योन तन्द्रयते।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
