काठमाडौँ । शुक्र ग्रहलाई माता लक्ष्मीसँग सम्बन्धीत ग्रह मानिने गरिन्छ। शुक्रबार शुक्र ग्रहको दिन भएकाले लक्ष्मी माताको यो दिन विशेष उपाय अप्नाएर प्रसन्न गराउनु पर्ने शास्त्रमा उल्लेख छ।
ज्योतिषचार्य मनिष शर्माका अनुसार यस दिन शुक्रलाई अनुकुल गर्नका लागि कयौँ उपया अप्नाउनु पर्ने हुन्छ। शुक्र ग्रहलाई अनुकुल बनाउनका लागि माता लक्ष्मीको पुजा पनि गरिने गरिन्छ।
आज हामी तपाईलाई सुकमेलको यस्तो उपायका बारेमा बताउँदैछौँ, जुन धन सम्पत्तिको लाभ दिनमा उपायोगी हुने गर्दछ। यसको प्रयोगले हरेक मनोकांक्षा पुरा गराउन सकिन्छ। यस कुराको ध्यान राख्नुहोस् की यो उपाय शुक्रबार राति १२ बजेपछि मात्र गर्न सकिन्छ।
यसरी प्रयोग गर्नुहो् उपाय
१) शुक्रबार राति १२ भन्दा अघि राम्रोसँग हात, खुट्टा धोएर स्वच्छ हुनुहोस्। र सेतो रंगको कपडा लगाउनुहोस्।
२) त्यसपछि कमलको आसनमा बसेकी लक्ष्मीको तस्वीरलाई घरको कुनै शान्त र सफा स्थानमा राख्नुहोस्।
३ं) त्यसपछि यस तस्वीरका सामु ३ वटा सुकमेल राखेर इष्टदेवको ध्यान गर्नुहोस्। त्यसपछि माता लक्ष्मी र भगवान विष्णुको ध्यान गर्दै शुक्र ग्रहसँग आफ्नो मनोकांक्षा पुरा गर्न तथा समस्या हटाउने मनदेखि प्रार्थना गर्नुहोस्।
४) प्रार्थनापछि शुक्र मन्त्र ऊं द्रां द्रीं द्रौं सः शुक्राय नमः को २१ पटक जप गर्नुहोस्।
५) अब ३ वटै सुकमेल आफ्नो दायाँ हातको मुठ्ठीमा राखेर नव ग्रहको ध्यान गर्दै आफ्नो समस्या हटाउने प्रार्थना गर्नुहोस्।
६) त्यसपछि मुठ्ठी खोल्नुहोस् र ३ पटक फुक्नुहोस्। जब यो सुकमेललाई एउटा कचौँरामा राखेर घरको मुख्य द्वारमा राख्नुहोस्।
७) उक्त कचौँरामा कपुर राखेर त्यसलाई जलाउनुहोस् । अब सुकमेल पूर्ण रुपमा जलेपछि त्यसलाई तुलसीको विरुवा राखिदिनुहोस्।
८) तुलसी छैन भने त्यसलाई नदीमा प्रवाहित गर्न सक्नुहुनेछ। यस उपाय अप्नाएको केही दिनमै त्यसको प्रभाव आफैले महशुस गर्नु हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
